News
नेपालको बन्द प्रशिक्षण शुरु, मनाङमा पनि अभ्यास गर्ने
काठमाडौं । अर्को महिला अन्तर्राष्ट्रिय फुटबलमा व्यस्त रहने नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बन्द प्रशिक्षण आधिकारिक रुपमा शुरु भएको छ । मुख्य प्रशिक्षक म्याट रोसले प्रारम्भिक टोलीमा परेका खेलाडीहरुलाई सहभागि गराई बुधबारदेखि बन्द प्रशिक्षण शुरु गरेका हुन् ।
त्यसबाहेक प्रशिक्षक रोसले खेलाडीहरुको क्षमता, फिटनेस र मानसिक स्वास्थ्य अभिवृद्धि गर्ने उद्देश्यका साथ हाई अल्टिच्युड अभ्यास पनि गराउने भएका छन् । त्यसका लागि पुरुष फुटबल टोली बिहीबार मनाङतर्फ जाँदैछ । टिम नेपालले मुस्ताङमा ६ दिन कडा अभ्यास गर्ने बताइएको छ ।
स्मरण रहोस, नेपालले आउँदो जुन ५ तारीखका दिन हङ्गकङ्गसँग उसकै घरेलु मैदानमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्दैछ भने जुन १० तारीखका दिन एएफसी एसियन कप छनौटको खेलतर्फ लाओससँग भिड्ने कार्यक्रम छ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)