News
जितसँगै आरसिटीलाई राहत
काठमाडौं । शहिद स्मारक बी डिभिजन लिगतर्फ आरसिटीले महत्वपूर्ण जित हात पार्दै तीन अंक बटुलेको छ । मंगलबार एन्फा कम्प्लेक्समा भएको खेलमा आरसिटीले च्यासल युथ क्लबमाथि ३–२ को प्रतिस्पर्धात्मक जित हात पार्यो ।
आरसिटीका लागि अजित गुरुङ्ग, अभिषेक भोलन र संजय लिम्बुले गोल गरे । उता पराजित च्यासलका लागि भने आश्विन घोरासैनी र आशिष थारुले गोल फर्काएका थिए । खेलमा आरसिटीका संजय लिम्बु प्लेयर अफ दि म्याच बने ।
यो जितपछि ११ अंक जोड्न सफल आरसिटी नवौं स्थानमा उक्लेको छ र रेलिगेशन क्षेत्रको त्रासबाट केही राहत मिलेको छ । पराजित च्यासल भने १४ अंकका साथ छैठौं स्थानमा छ । त्यस्तै शिर्ष स्थानमा भने २३ अंक जोडेको प्लानिङ ब्वाईज रहेको छ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)