News
टुसालको महत्वपूर्ण जित
काठमाडौं । शहिदर स्मारक बी डिभिजन लिगतर्फ मंगलबार भएको दोस्रो खेलमा टुसाल युथ क्लबले महत्वपूर्ण जित हात पार्दै रेलिगेशन क्षेत्र छाडेको छ । आफ्नो दशौं खेलमा टुसालले नयाँबस्ती युथ क्लबमाथि २–१ को रोमाञ्चक जित निकाल्दै रेलिगेशन क्षेत्र छाडेको हो ।
टुसालको जितमा दिपेश लिम्बु र बिनोद नेम्बाङले गोल गरे । पराजित नयाँबस्तीका लागि भने श्रीकृष्ण तामाङले पेनाल्टीमार्फत एक मात्र गोल फर्काएका थिए । यो जितसँगै टुसाल १० खेलबाट १० अंक जोड्दै लिगतालिकाको दशौं स्थानमा उक्लेको छ । पराजित नयाँवस्ती भने ८ अंकका साथ १२औं स्थानमा झरेको छ ।
Post Comments
Related News
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान