News बंगलदेशको शिर्ष डिभिजन लिग आजदेखि
गोलनेपाल

काठमाडौं (एजेन्सी) । दक्षिण एसियाली राष्ट्र बंगलादेशको शिर्ष लिगका रुपमा परिचित बंगलादेश फुटबल प्रिमियर लिग बुधबारदेखि चार फरक खेलस्थलहरुमा भव्यताका साथ शुरु हुँदैछन् । यस सिजनको लिगका खेलहरु ढाका सहित गाजीपुर, मुन्शीगंज र कोमिलामा हुनेछन् ।

उद्घाटन खेल ढाका स्थित बंगबन्धु नेशनल स्टेडियममा डिपेन्डिङ च्याम्पियन बसुन्धरा किंग्स र उत्तर बरिधारा क्लब बीच स्थानीय समयअनुसार ४ बजेदेखि शुरु हुँदैछ । स्मरण रहोस, बसुन्धरा किंग्सले आइतबार मात्र प्रतिष्ठित बंगलादेशको फेडरेशन कपको उपाधि लगातार दोस्रोपल्ट जित्न सफल भएको थियो ।

लिगमा कुल १३ क्लबहरु लिग उपाधिका लागि भिड्ने छन् । लिग विजेता बन्ने टोलीले बंगलादेशको प्रतिनिधित्व गर्दै प्रतिष्ठित एफसी एसियन कपको समूह चरणको खेलका लागि छनौट हुनेछ । त्यस्तै रेलिगेशनमा पर्ने दुई टोली बंगलादेशको च्याम्पियनसिप लिगमा घटुवा हुनेछ ।

गत सिजनको लिग रद्द

गत सिजन २०१९–२० को लिग भने स्थगित भएको थियो । गत बर्षको १३ जनवरीदेखि शुरु भएको लिग कोभिड–१९ महामारीका कारण १५ मार्चका दिन स्थगित गरिएको थियो । यद्यपि मई १७ तारीखका दिन बंगलादेश फुटबल फेडरेशनले २०१९–२० को सिजन आधिकारिक रुपमै रद्द गर्ने घोषणा गरेको थियो ।

डिफेन्डिङ च्याम्पियन बसुन्धरा किंग्स

२०१९–२० को सिजन रद्द भएपछि सन् २०१८–१९ को सिजन विजेता टोली बसुन्धरा किंग्स नै डिफेन्डिङ च्याम्पियन घोषित भएको थियो । स्टार खेलाडीहरुलाई भित्राएर चर्चा समेत बटुलेको बसुन्धरा किंग्सले २०१८–१९ को सिजनमा २४ खेलबाट ६३ अंक जोड्दै पहिलोपटक लिग च्याम्पियन बन्न सफल भएको थियो ।

५८ अंक जोडेको ढाका अवाहानी लिमिटेड भने दोस्रो स्थानमा रहँदै उपविजेता बनेको थियो । साथै उपविजेताको हैसियतमा ढाका अवाहानीले एएफसी कपको प्रारम्भिक छनौटतर्फ छनौट दुईको खेल खेल्ने अवसर पनि पाएको थियो । सिजन २०१८–१९ को लिग जनवरीदेखि शुरु भई अगस्त सम्म चलेको थियो ।

बंगलादेश फुटबल फेडरेशनले लिगको समापन मिति अहिले नै तोकेको छैन । बंगलादेशको शिर्ष लिग प्रायःजसो ६ महिना वा सो भन्दा बढी चल्ने भएकाले यस सिजनको लिग पनि लामो समय नै चल्ने अनुमान गरिएको छ ।

लिगको पहिलो चरणको खेलतालिकाः

 

Post Comments