१२ औं रारा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज सम्पन्न दोस्रो क्वार्टरफाइनल खेलमा एल एक्स सिटी फुटबल क्लबले डाडाबजार फुटबल क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
एल एक्स सिटीका लागि अभिषेक ठकुरी र अरुण तामाङले एक/एक गोल गर्दै टिमलाई जित दिलाए। प्रभावशाली प्रदर्शन गरेका प्रदीप लामा खेलको 'प्लेयर अफ द म्याच' घोषित भए।
खेलमा सुरुदेखि नै आक्रमक देखिएको एल एक्स सिटीले पहिलो हाफमै अग्रता लिएको थियो भने दोस्रो हाफमा थप गोल गर्दै जित सुनिश्चित गर्यो। डाडाबजारका खेलाडीहरूले केही राम्रा प्रयास गरे पनि गोल गर्न असफल रहे।
प्रतियोगिता अन्तरगत भोलि हुने तेस्रो क्वार्टरफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन सहलेस युवा क्लब सिरहा र बिर्तामोड युनाइटेड झापाबीच प्रतिस्पर्धा हुनेछ। क्लबका सचिव जीवन कटुवालका अनुसार खेल साँझ ३ बजे सुरु हुने छ।
रारा गोल्डकपको विजेता टोलीले नगद ७ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख रुपैयाँ हात पार्नेछ।
- छथर जोरपाटी गाउँपालिकामा दोस्रो पालिकास्तरीय अध्यक्ष कप हुँदै
- बेलबारीलाई १८औँ शहिद भीमनारायण स्मृति गोल्डकपको उपाधि
- सोलोमनको ह्याट्रिकसँगै बेलबारी एफसी भीम नारायण गोल्डकपको फाइनलमा
- आयोजक धनकुटा १८औँ भीमनारायण गोल्डकपको उपाधि नजिक
- बाबा टुन्डेको निर्णायक गोलमा बेलबारी १८औँ सहिद भीमनारायण गोल्डकपको सेमिफाइनलमा