Province 1 सिरिजङगा गोल्डकप तथा सिरिजङगा मेला–२०८३ मंसिर २३ देखि २९ गतेसम्म हुने
गोलनेपाल

ताप्लेजुङ । ऐतिहासिक व्यक्तित्व तेअङसी सिरिजङगा सिङ थेबेको ३२२औँ जन्मजयन्तीको अवसरमा ताप्लेजुङको सिरिजङगा गाउँपालिका–४, तेल्लोकमा तेल्लोक स्पोर्टिङ क्लबको आयोजनामा अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङगा गोल्डकपको छैटौँ संस्करण तथा सिरिजङगा मेला–२०८३ भव्य रूपमा आयोजना हुने भएको छ।

आयोजकका अनुसार गोल्डकप तथा मेला आगामी मंसिर २३ गतेदेखि २९ गतेसम्म सञ्चालन हुनेछ। सिरिजङगाको इतिहास, संस्कृति, खेलकुद तथा पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना हुँदै आएको यो मेला यस वर्ष पनि विविध गतिविधिका साथ सञ्चालन गर्ने तयारी भइरहेको तेल्लोक स्पोर्टिङ त्लबका अध्यक्ष अर्जुन भट्टराइले जानकारी दिए ।

आयोजनालाई विगतमा जस्तै यस वर्ष पनि स्थानीयवासी, खेलप्रेमी, विभिन्न संघ–संस्था, व्यवसायी, शुभेच्छुक तथा देश–विदेशमा रहेका सिरिजङगा प्रेमिहरूको साथ र सहयोग जुट्ने अपेक्षा गरिएको छ।

आयोजकले विगतका संस्करणहरूमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, सद्भाव, सल्लाह तथा सुझाव प्रदान गर्ने सम्पूर्ण महानुभावप्रति आभार व्यक्त गर्दै यस वर्ष पनि अमूल्य साथ, सहयोग, सल्लाह र सुझावका लागि आग्रह गरेको छ।

सिरिजङगा गोल्डकप तथा मेला केवल खेलकुद प्रतियोगितामा सीमित नभई सिरिजङगाको ऐतिहासिक पहिचान, मौलिक संस्कृति, पर्यटन र स्थानीय सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने महत्वपूर्ण अवसरका रूपमा अघि बढाउने लक्ष्य राखिएको छ।

Post Comments