रानी । साँघुरो जितका साथ इलेभन एरोज क्लब, दुहबी जारी मिल्स गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको तेस्रो क्वाटरफाइनलमा १ नम्बर प्रदेश प्रहरी कार्यालय, रानी मोरङलाई शुन्यका विरुद्ध १ गोलले हराउँदै इलेभन एरोजले अन्तिम चारको यात्रा तय गरेको हो ।
रानी स्थित जुटमिल खेलमैदानमा सम्पन्न खेलको २२औं मिनटमा उमेश कार्कीले गरेको एक मात्र गोल इलेभन एरोजलाई सेमिफाइनलमा पुर्याउन निर्णायक बन्यो ।
निर्णायक गोलकर्ता कार्की नै खेलको म्यान अफ द म्याच घोषित भए । उनलाई प्याब्सन मोरङका वरिष्ठ उपाध्यक्ष शितला सुब्बाले नगद ५ हजार र ट्रफी सहित पुरस्कृत गरे ।
प्रतियोगिता अन्तरगत चैत १० गते मंगलबारको अन्तिम क्वाटरफाइनल खेल धरान सिटी फुटबल एकेडेमी, सुनसरी र सताक्षीधाम स्पोर्टस क्लब, झापाबीच हुने आयोजकले जनाएको छ ।
मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ । फाइनल खेल चैत्र १४ गतेका दिन हुनेछ ।
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय
- राम वजिको दुई गोलसँगै केराबारी फाइनलमा