नेपालटार (इलाम) । सूर्योदय नगरपालिका इलामको तिनघरे युवा क्लब यहाँ जारी साखेजुङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा पाँचथर रानीटारको स्वतन्त्र एफसीलाई २–१ गोलले पराजित गर्दै तिनघरे युवा क्लब अन्तिम चारमा पुगेको हो । तिनघरेका लागि कप्तान रविन राई र शेखर राईले गोल गरे ।
स्वतन्त्र एफसीका लागि सुमन गुरुङको गोल सान्त्वना रह्यो । खेलको म्यान अफ दी म्याच तिनघरेका रविन राई घोषितहुँदै नगद पुरस्कार पाउन सफल भए । सोमबार रेडहर्ष एफसी इलाम र पुवामझुवा स्पोर्टिङ क्लबबीच खेल हुनेछ ।
साखेजुङ फुटबल क्लबको आयोजनामा भएको प्रतियोगितामा ८ टिम सहभागी छन् । प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार १११ पाउँदा उपविजेताले नगद ५५ हजार ५५५ र ट्रफीमा चित्त बुझाउनेछ । प्रतियोगिताको मुख्य प्रायोजक इलाम नगरपालिका १ नम्बर वडा कार्यालय रहेको छ ।
Province 1
तिनघरे साखेजुङ गोल्डकपमा सेमिफाइनलमा
Post Comments