Province 1 एन्फा महिला रेफ्रि जमुना मगर माथि हातपात !
गोपाल काफ्ले

नेपालले बाङ्लादेशलाई २-१ गोलले पराजित गर्दै ट्राई नेशन कपको बिजेता बनि रहदा मोरङको पथरी शनिश्चरेमा भने महिला रेफ्री जमुना मगर माथि हातपात भएको छ ।

मोरङको पथरीशनिश्चरे शरणार्थी सिविरमा जारी प्रथम नगर स्तरीय फुटबल प्रतियोगिता—२०७७ को सोमबारको खेलमा महिला रेफ्रि जमुना मगर माथि हातपात भएको हो ।

मंगलबार होलिका दिन भएको बेलडागी सिवर र पथरीशनिश्चरे वडा नं. १० बिचको खेलमा पथरीशनिश्चरे वडा नं. १० का खेलाडीहरु संगै मैदान प्रबेश गरेका १० का समर्थकहरुले हातपात गरेका छन । प्रतियोगितामा महिला सहायक रेफ्रि जनुना माथि दुरब्यावहार र हातपात भएको छ ।

दुरब्यावहार र हातपातबाट सहायक रेफ्रिको जमुना मगरको कानमा चोट लागेको छ । प्रतियोगितामा हार बेहोरे पछि रेफ्रि र सहायक रेफ्रि संग असन्तुस्ट बनेका खेलाडीले खेल सकिने बितिकै रेफ्रि मनिस खड्का माथी जाईलागेका थिए । स्थानीय र शरणार्थीवीच मैत्री पूर्ण सम्बन्ध कायम रहोस भन्ने उदेश्यका चैत्र ७ देखि सुरु भएको मैत्रिपूर्ण फुटबल प्रतियोगितामा पथरीशनिश्चरे नगरपालिकाको १० टिम र भुटानी शरणार्थी शिविर शनिश्चरे मोरङ र झापाको बेलडागी शिविरबाट दुई–दुई गरी जम्मा १४ टिम सहभागि रहेका छन ।

प्रतियोगिताको बिजेता टिमले ७५ हजार रुपैयाँ र दोस्रो हुने टिमले ५० हजार रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन । प्रतियोगिता भुटानी शरणार्थी शिविर स्थित खेलकुद मैदानमा भुटानी शरणार्थी शिविर सी.वाई.सी.को आयोजना सुरु भएको थियो ।

Post Comments