Province 1 बुद्धशान्ति अध्यक्ष कपको उपाधि वडा नम्बर १ लाई
रमेश समदर्शी

प्रथम अध्यक्ष कप वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि बुद्धशान्ति १ नम्बर वडाले हात पारेको छ ।

होक्सेस्थित त्रिभुवन माविको खेलमैदानमा शनिबार सम्पन्न फाइनल खेलमा वडा नम्बर २ लाई ३-० गोलको फराकिलो अन्तरले पराजित गर्दै वडा नम्बर १ ले उपाधि रक्षा गरेको हो ।

१ नम्बर वडाका लागि विकास कट्टेल र सागर रसाइलीले गोल गर्न सफल भए । पहिलो हाफको ६ मिनेटमै विकास कट्टेलले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

खेलको १२औँ मिनेटमा सागर रसाइलीले गोल गरेर अग्रता दोब्बर बनाए । उनैले व्यक्तिगत दोस्रो र टिमका लागि तेस्रो गोल खेलको १८औँ मिनेटमा गरेर फराकिलो अन्तर निकालेका थिए ।

खेलको म्यान अफ दी म्याच २ नम्बर वडाका बबिन बोहोरा घोषित भए । त्यस्तै, हेमन्त सुजी बेस्ट मिडफिल्ड भए ।

विजेता १ नम्बर वडाका लागि बेस्ट गोलकिपर विवेक मगर, बेस्ट डिफेन्स पवन परियार, बेस्ट स्ट्राइकर सागर रसाइली, बेस्ट प्लेयर विकास कट्टेल घोषित भए भने बेस्ट कोच बालकुमार राई भए ।

विजेता टिमलाई बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेश भुजेल, उपाध्यक्ष मीरा भूर्तेल, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले 'मामा' लगायतले पुरस्कार प्रदान गरे ।

विजेताले नगद ३० हजार र उपविजेताले नगद २० हजारसँग ट्रफी पाएको छ ।

Post Comments