Province 1 नवयुवा पंचायन गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

रामधुनी । नवयुवा क्लब, मोरङ यहाँ जारी दोस्रो पंचायन गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । दोस्रो क्वाटरफाइनलतर्फ नवयुवाले आयोजक पंचायन क्लब (निलो) लाई टाईब्रेकरमा ३–२ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

पंचायन खेलमैदानमा सम्पन्न निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए । पंचायन निलोका लागि रोशन भुजेल र निशान लिम्बुले गोल गरेका थिए भने नवयुवाका लागि नवराज कार्की र सिसम चौधरीले गोल गरेका थिए ।

खेलमा नवयुवाका गोलरक्षक प्रमिजय गच्छदार म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद २१ सय प्राप्त गरे । प्रतियोगिता अन्तरगत आजको तेस्रो क्वाटरफाइनल खेल पंचायन क्लब (रातो) र एनएफसी, धरानबीच हुने आयोजकले जानकारी दियो ।

पंचायन क्लब, रामधुनी, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख २५ हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि असोज १० गतेका दिन हुनेछ ।

Post Comments