Province 1 मोर्निङ भेट्रान्स सेमिफाइनलमा
गोलनेपाल

बिराटनगर । फराकिलो जितका साथ मोर्निङ भेट्रान्स क्लब यहाँ जारी १ नम्बर प्रदेश टुबोर्ग प्रथम मिल्स भेट्रान्स गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न क्वाटरफाइनल भिडन्तमा मोर्निङले युनाइटेड भेट्रान्सलाई ६–२ ले हराउँदै अनितम चारमा प्रवेश गरेको हो ।

बिराटनगर जुट मिल्स खेलमैदानमा सम्पन्न खेलमा मोर्निङका लागि सुरज श्रेष्ठले ह्याट्रिकसहित पाँच गोल गरे । त्यस्तै सुरैन्द्र तामाङले थप एक गोल गरे । उता पराजित युनाइटेडका लागि हर्कराज गुरुङले एक गोल गर्दा थप एक गोल सुनिल राउतले आत्मघाती गोलका रुपमा गरेका थिए ।

खेलमा मोर्निङका लागि पाँच गोल गरेका सुरज श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत असोज ७ गते शुक्रबारको पहिलो सेमिफाइनल खेल दमक लखनपुर भेट्रान्स र भरौल भेट्रान्स बीच हुने आयोजकले जानकारी दियो ।

मिल्स भेट्रान्स क्लब, बिराटनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित ५१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ३१,१११ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल य हि असोज १० गतेका दिन हुनेछ ।

Post Comments