
काठमाडौं (एजेन्सी) । स्पेनिस महारथी तथा सर्वाधिक पाँचपल्टको विजेता रियल मेड्रिड जारी फिफा क्लब विश्वकपको सेमिफाइनलमा प्रवेश गर्ने चौथो टोली बनेको छ ।
अमेरिकी प्रान्त न्यु जर्सीमा सम्पन्न चौथो तथा अन्तिम क्वाटरफाइनलमा रियलले जर्मन प्रतिद्वन्द्वी बोरुसिया डर्टमुन्डलाई ३–२ ले हराउँदै सेमिफाइनलमा स्थान बनाउन सफल भएको हो ।
खेल शुरु भएको दशौं मिनटमै गोन्जालो गार्सियाको गोलबाट रियलले खेलमा अग्रता लिएको थियो । लगतै २०औं मिनटमा फ्रान्सिस्को गार्सियाले रियलका लागि दोस्रो गोल थपे । जुन रियलको जितको आधार पनि बन्यो ।
उता खेलको अन्तिमतिर ९०+३औं मिनटमा म्याक्सीमिलियन वियरले डर्टमुन्डका लागि पहिलो गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे तर सफल भएनन् । गोल खाएको एक मिनट बित्न नपाउँदै एम्बाप्पेले रियलका लागि तेस्रो गोल गरे । जुन खेलको निर्णायक गोल पनि बन्यो । डर्टमुन्डका लागि सेरहु गुइरेसीले अन्तिमतिर थप एक गोल फर्काए तापनि खेलमा फर्कन डर्टमुन्डलाई अबेर भईसकेको थियो र हार बेहोर्न बाध्य बन्यो ।
यो खेलको समाप्तीसँगै सेमिफाइनल समिकरण पनि पूरा भएको छ । अब ८ जुलाईका दिन हुने पहिलो सेमिफाइनलमा फ्लुमिनेन्सले चेल्सीको सामना गर्नेछ भने ९ जुलाईका दिन हुने दोस्रो सेमिफाइनलमा रियल र पिएसजी भिड्नेछन् । फाइनल जुलाई १३ तारीखका दिन हुनेछ ।
- एएफसी महिला एसियन कप छनौटमा नेपालको चुनौति समाप्त
- नेपाल एएफसी महिला एसियन कपमा छनौट भए सबै खेलाडीहरुलाई जनही ५० हजार दिने खेल अभियन्ता गुरुङ्गको घोषणा
- झापा महिला गोल्डकपलाई शिवसताक्षी नगरपालिका र वडाहरुको साथ
- नेपालको लगातार दोस्रो जितमा साबित्राको लगातार दोस्रो ह्याट्रिक
- साबित्राको अन्तर्राष्ट्रिय गोलसंख्यामा छलाङ्ग