Province 1 मदनको निर्णायक गोलसँगै धरान १५ सेमिफाइनलमा
गोलनेपाल

धरान । साँघुरो जितका साथ धरान १५ यहाँ जारी २३औं गोधुली रनिङ्ग कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

धरान रंगशालामा भएको तेस्रो क्वाटरफाइनलमा धरान १५ ले धरान ११ माथि शून्यका विरुद्ध १ गोलको साँघुरो जित निकाल्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

धरान १५ को जितमा मदन लिम्बुले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता लिम्बु खेलको म्यान अफ द म्याच समेत चुनिए । उनले पुरस्कार वापत नगद २ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत माघ १० गते मंगलबारको चौथो क्वाटरफाइनल खेल धरान १७ र २० बीच हुने आयोजकले जानकारी दियो ।

गोधुली क्लब धरानको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ । कुल २० टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल यही माघ १४ गतेका दिन हुनेछ ।

Post Comments