Province 1 इटहरी दोस्रो सोनापुर गोल्डकपको फाइनलमा
गोलनेपाल

दुहबी । इटहरी फुटबल क्लब, सुनसर िजारी दोस्रो सोनापुर गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा आयोजक मेमोरी युवा क्लब, दुहबी, सुनसरीलाई शून्यका विरुद्ध २ गोलले हराउँदै इटहरी फाइनलमा प्रवेश गरेको हो ।

दुहबी–८ स्थित सोनापुर प्लाटिङ्ग खेलमैदानमा सम्पन्न खेलमा इटहरीका लागि समिर राई नायक रहे । दुवै गोल उनको नाममा रह्यो । खेलको तेस्रो मिनट मै समिरले पहिलो गोल गरे भने खेलको अन्तिमतिर इन्जुरी समयमा दोस्रो गोल थप्दै इटहरीको जित पक्का गरेका थिए ।

खेलमा निर्णायक बनेका इटहरीका समिर राई म्यान अफ द म्याच समेत चुनिए । उनले पुरस्कार वापत नगद २५ सय र ट्रफी हात पारे । इटहरीले अब उपाधिका लागि माघ २८ गते शनिबारका दिन दमक फुटबल एकेडेमी, झापासँग फाइनल खेल्नेछ ।

मेमोरी युवा क्लब, दुहबी–८, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दियो ।

Post Comments