
म्याङलुङ । तेह्रथुममको म्याङलुङमा सम्पन्न नेत्र गुरागाई स्मृति गोल्ड कप २०८१ को उपाधि बि. बि.सि. म्याङलुङ तेह्रथुमले हात पारेको छ ।शनिबार सम्पन्न फाइनल खेलमा छथर जोरपाटी धनकुटालाई ४-१ गोल अन्तरले पराजित गर्दै बि.बि.सि. ले उपाधी जितेको हो । बि.बि.सि.को जितका लागि चार गोल नै मिलन चाम्लिङ राईले गरे भने धनकुटाका लागि हरी मगरले सान्त्वना गोल फर्काए ।
उपाधी संगै बि.बि.सि. तेह्रथुमले दुई लाख सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता छथर जोरपाटी धनकुटाले एकलाख सहित ट्रफि मेडल र प्रमाण पत्रमा चित्त बुझायो ।
प्रतियोगिताको उत्कृष्ट डिफेन्डर छथर जोरपाटी धनकुटाका बिबस लिम्बु, उत्कृष्ट गोल रक्षक बि.बि.सि. तेह्रथुमका प्रमिज गच्छदार, उत्कृष्ट खेलाडी बि.बि.सि.का मिलन चाम्लिङ राई, सर्वाधिक गोल कर्ता छथर जोरपाटीका मिक्सन दास र उदयमीन खेलाडी बि.बि.सि. का असिम राई घोषित भए । उत्कृष्ट सबैले जनही रू तीन हजार सहित ट्रफि प्राप्त गरे ।
- तेह्रथुमकी सेमिहाङमा साफ गेम खेल्न बंगालादेश जॉदै
- केलाङ मेला तेह्रथुमको उपाधि चुलाचुली स्पोर्टिङ क्लब दमक झापालाई
- केलाङ मेला तेह्रथुमः उपाधिका लागि चुलाचुली र सम्दुको भिडन्त पक्का
- चुलाचुली स्पोर्टिङ झापा तेह्रथुममा जारी केलाङ मेलाको उपाधि नजिक
- तेह्रथुम जलजलेः सेमिफाइनल खेल्ने चार टोलीकै टुङगो लाग्यो