Province 1 डाँगीहाट एफसी सेमिफाइनलमा
गोलनेपाल

बेलबारी । डाँगीहाट फुटबल क्लब, मोरङ जारी माघे संक्रान्ती कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको क्वाटरफाइनल भिडन्ततर्फ डाँगीहाटले तालतलैया फुटबल क्लब, सुनसरीलाई २–० ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।

बेलबारी–१ स्थित नक्सलबारी खेलमैदानमा सम्पन्न खेलमा डाँगीहाटका लागि २६औं मिनटमा दिपक राईले गोलको खाता खोलेका थिए । त्यस्तै दोस्रो गोल भने दोस्रो हाफको ७५औं मिनटमा सुशान्त तामाङले गरे ।

खेलमा डाँगीहाटका सुशान्त तामाङ नै खेलको म्यान अफ द म्याच समेत घोषित भएका थिए । प्रतियोगिता अन्तरगत पुष २६ गते आइतबारको खेल सतिसाले युनियन, केराबारी र रारा फुटबल क्लब, धनकुटाबीच हुने आयोजकले जनाएको छ ।

नेपाल मगर संघ, नक्सलबारी मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१ हजार हात पार्नेछ भने उपविजेताले ३१ हजार प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल आउँदो माघ १ गतेका दिन हुनेछ ।

Post Comments