Province 2 कठिन जित निकाल्दै सुवर्ण युवा सेमिफाइनलमा
गोलनेपाल

विजयीवस्ती । कठिन जित निकाल्दै सुवर्ण युवा क्लब, सुवर्णपुर जारी समाजसेवी स्व. राम बहादुर श्रेष्ठ गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुग्ने अन्तिम टोली बनेको छ ।

शुक्रबार भएको चौथो क्वाटरफाइनलमा सुवर्णले सेन्ट्रल कलेज भरतपुर एफसी, चितवनलाई टाईब्रेकरमा ४–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । त्यसअघि बिजयवस्ती खेलमैदानमा भएको निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

निर्धारित समयपछिको टाईब्रेकरमा भने सुवर्ण युवा क्लब बिजयी बन्न सफल भयो । खेलमा सुवर्ण युवा क्लबका गोलरक्षक अशोक बराल म्यान अफ द म्याच घोषित भए । उनले नगद २ हजार र मेडल हात पारे ।

प्रतियोगिता अन्तरगत असोज २५ गतेदेखि सेमिफाइनल खेल शुरु हुने आयोजकले जनाएको छ । जसअन्तरगत प्रतियोगिताको पहिलो सेमिफाइनलमा असोज २५ गतेका दिन बनशक्ति युवा क्लब र निर्मल समाज युवा क्लब भिड्ने आयोजकले जानकारी दियो ।

बिजयवस्ती युवा क्लब, ठोरी–४ पर्साको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्ने आयोजकले जनाएको छ । फाइनल खेल यहि असोज २८ गतेका दिन हुनेछ ।

Post Comments