Province 2 शहिद हेमनारायण गोल्डकप चैत १५ गतेदेखि
गोलनेपाल

सिरहा । सहलेश युवा क्लब, सिरहाको आयोजनामा यही चैत १५ गतेदेखि शहिद हेमनारायण गोल्डकप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । त्यसका लागि आवश्यक तयारी पनि शुरु भईसकेको आयोजकले जानकारी दियो ।

मैदान व्यवस्थापन, प्रचार प्रसार लगायतका सबै कामहरु तिव्रताका साथ भईरहेको पनि आयोजकले जनाएको छ । सिरहा क्याम्पसको खेलमैदानमा हुने प्रतियोगितामा नेपाल र भारतका गरी कुल १० टोलीहरुले सहभागिता जनाउने छन् ।

सिरहा जिल्ला फुटबल संघको प्राविधिक तथा सिरहा नगरपालिकाको विशेष सहयोग रहने प्रतियोगिताको विजेता तथा उपविजेता टोलीहरुलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

त्यस्तै प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर रहेको गोलनेपाल डटकमले सबै खेलहरु प्रत्यक्ष प्रसारण गर्नेछ ।

Post Comments