ANFA
ए डिभिजन लिगमा उक्लियो प्लानिङ ब्वाईज

काठमाडौं । जारी शहिद स्मारक बी डिभिजन लिगबाट ए डिभिजन लिगमा बढुवा हुने प्लानिङ ब्वाईज युनाइटेड पहिलो टोली बनेको छ । मंगलबार बाँसबारी क्लबमाथि ०–२ को जित निकाल्दै प्लानिङ ब्वाईज दुई खेल अगावै शिर्ष लिगमा उक्लिने पक्का भएको हो ।
यो जितसँगै ११ खेलबाट २७ अंक जोडेको प्लानिङ ब्वाईज लिग तालिकाको शिर्ष स्थानमा यथावत छ । बाँकी दुई खेलमा हार बेहोरे पनि प्लानिङ ब्वाईजको बढुवामा त्यो हारको नतिजाले कुनै असर पार्ने छैन । त्यस्तै प्लानिङ ब्वाईजसँग पराजित बाँसबारी भने ११ खेलबाट १५ अंकका साथ सातौं स्थानमा झरेको छ ।
Post Comments
Related News
- गण्डकी प्रदेश लिगः एलजी एसोसिएशन र हरमटारीको जित
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने