Province 2 आयोजकले उचाल्यो बकुलिया भवानीपुर गोल्डकपको उपाधी
गोलनेपाल

जीतपुरसिमरा उपमहानगरपालिका ५ मा आयोजित चौथो बकुलिया भवानीपुर गोल्डकपको उपाधी आयोजकले जितेको छ । एपीएफ क्लब पिलुवालाई सडन डेथमा स्तब्ध पार्दै आयोक बकुलिया भवानीपुर क्लबले उपाधी जितेको हो ।

प्रतिस्पर्धात्मक फाइनल भिडन्तको निर्धारित समयमा दुवै टिमले २–२ को बराबरी खेलेपछि खेल टाइब्रकेरमा पुगेको थियो । टाईब्रेकर समेत ४–४ को बराबरी भएपनि बकुलियाले सडन डेथमा बाजी मारेको थियो ।

उपाधीसंगै बकुलिया भवानीपुरले एक लाख ७५ हजार नगद प्राप्त गरेको छ भने उपविजेता एपीएपले ७५ हजार हात पारेको छ ।

प्रतियोगिताको विजेता र उपविजेता खेलाडीलाई प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री किसान श्रेष्ठ, मधेस प्रदेशका प्रदेशसभा सदस्य देवनारायण चौधरी, वडाध्यक्ष दीपेन्द्र चौधरीलगायतले पुरस्कार वितरण गरेका थिए । जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालय र वडा नं ५ को कार्यालयको आर्थिक सहयोगमा बैशाख २३ गतेदेखि प्रतियोगिताको आयोजना गरिएको थियो ।

प्रतियोगिताका लागि प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री श्रेष्ठले समेत ५० हजार नगद सहयोगवापत हस्तान्तरण गरेका छन् ।

Post Comments