काठमाडौं । एएफसी महिला एसियन कप छनौट प्रतियोगिता खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीको फाइनल स्कवाड घोषणा गरिएको छ । मुख्य प्रशिक्षक प्याट्रिक डि विल्डेले शुक्रबार फाइनल स्क्वाड घोषणा गरेका हुन् ।
स्मरण रहोस, नेपालले यही जुन २९ तारीखदेखि उज्वेकिस्तानमा शुरु हुने एएफसी महिला एसियन कपको छनौट प्रतियोगिता खेल्दैछ । समूह एफमा परेको नेपालले आयोजक उज्वेकिस्तानसँगै लाओस र श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । समूहको शिर्ष टोली अर्को वर्ष अष्ट्रेलियामा हुने एएफसी महिला एसियन कपका लागि छनौट हुनेछन् ।
यस्तो छ फाइनल स्क्वाडः
गोलपिकर्सः अन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ
डिफेन्डर्सः गीता राना, निशा थोकर, समिक्षा घिमिरे, मनमाया दमै, प्रतिक्षा चौधरी, बिमला बिक, पुजा राना, अमृता जैसी
मिडफिल्डर्सः बिमला चौधरी, अनिता बस्नेत, रेनुका नगरकोटे, प्रिति राई, सरु लिम्बु, सबिता राना मगर, सरस्वती हमाल
फरवार्डसः साबित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, रेखा पौडेल
- मझिया स्मृति कप महिला फुटबल : पदमा स्पोर्ट्सको ७–० को शानदार जित, सिम्रनको चार गोल
- तेह्रथुमका तीन महिला फुटबल खेलाडीलाई दक्षिण कोरियाबाट जनही ५० हजार रुपैयाँ सहयोग
- एसियन पेन्ट्स च्याम्पियनसिप २०२६ अन्तर्गत उपत्यकाव्यापी गर्ल्स फुटबल प्रतियोगिता सुरु
- होराइजन र कान्ति फाइनलमा भिड्ने
- होराइजन, सुनगाभा, ग्यालेक्सी र कान्ति सेमिफाइनलमा