
चितवन । भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल प्रतियोगियामा आजबाट दोस्रो चरणको खेलहरु सुरु भएको छ । दोस्रो चरण अन्तर्गत आज चार खेल सम्पन्न भएका छन् ।
प्रतियोगिता अन्तर्गत भरतपुर ७ कृष्णपुरको मैदानमा भएको खेलमा नेपाल पुलिस स्कुल विजयी भएको छ । उसले साविक विजेता अमर माविलाई हराएको हो ।प्रतिस्पर्धात्मक खेलमा पुलिस स्कुलले अमर माविलाई टाइब्रेकरमा पराजित गरेको हो ।
कृष्णपुरमा नै भएको अर्को खेलमा दुर्गा शेषकान्त मावि विजयी भएको छ । दुर्गाशेषकान्त माविले चितवन बोर्डिङलाई २-१ ले हराएको हो । यस्तै सुन्दरबस्तीमा भएको खेलमा भानु मावि विजयी भयो । भानुले ग्रीनल्याण्ड पब्लिक स्कुलाई ३-१ ले हरायो ।
उता रामवेल मैदानमा भएको खेलमा डन एकेडेमी विजयी भएको छ । डन एकेडेमीले जनप्रिय स्कुललाई २-० ले पाखा लगायो । आज जित हात पारेका सबै टोली क्वाटरफाइनल प्रवेश गरेका छन् । प्रतियोगितामा सोमबार पनि चार खेल हुनेछ ।
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न