Province 3 आयोजक शिवपुरी गाउँपालिका र विदुर नगरपालिका शिवपुरी अध्यक्ष गोल्डकपको फाइनलमा
गोलनेपाल

आयोजक शिवपुरी गाउँपालिका र विदुर नगरपालिका शिवपुरी अध्यक्ष गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

सुर्यगढी गाउँपालिकालाई ३–१ गोल अन्तरले पराजित गर्दै शिवपुरी गाउँपालिका फाइनलमा प्रवेश गरेको हो । शिवपुरी गाउँपालिकाले अमृत तामाङको गोलबाट खेलको १५ औं मिनेटमा अग्रता लिएको थियो । तर सुर्यगढीका रञ्जित गुरुङले ५४ औं मिनेटमा बराबरी गोल गरे । त्यसपछिको प्रतिष्पर्धात्मक खेलमा शिवपुरीका मोहन गुरुङले ७६ औं मिनेटमा सुन्दर गोल गरी शिवपुरीलाई खेलमा फर्काए । निर्धारित ८० मिनेटको खेल सकिएपछि थप गरिएको समयमा शिवपुरीका अनिश घर्ती क्षेत्रीले गोल गरी शिवपुरीको जीत सुनिश्चित गरे । खेलमा मोहन गुरुङ म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै विदुर नगरपालिकाले किस्पाङ गाउँपालिकालाई ३–१ ले पराजित गर्दै फाइनलमा प्रवेश गर्न सफल भयो । विदुरका लागि खेलको दोस्रो मिनेटमा नै विकाश थापामगरले गोल गरे । २५ औं मिनेटमा विदुरका सन्तोष भुजेलले आत्मघाती गोल गर्न पुगे । खेल बराबरीमा आयो । तर खेलको ४२ औं मिनेटमा साहिल नगरकोटी र ४६ औं मिनेटमा सुनिल कुमालले गोल गरेपछि खेल विदुरले ३–१ गोल अन्तरले जित्यो ।

अब शिवपुरी अध्यक्ष गोल्डकपको उपाधिका लागि शिवपुरी गाउँपालिका र विदुर नगरपालिकाबीच दिउँसो ३:०० बजे प्रतिष्पर्धा हुनेछ र भोलिनै बिहान ८:०० बजे किस्पाङ गाउँपालिका र सुर्यगढी गाउँपालिका बिचमा तेस्रो पोजिसन को लागि प्रतिस्पर्धा हुनेछ ।

Post Comments