Province 3 न्यु चिसापानीलाई उपाधि
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । बडा दशैँको अवसरमा वार्षिक रुपमा आयोजना हुँदै आएको टोल स्तरीय फुटबल प्रतियोगिताको उपाधि यस बर्ष न्यु चिसापानी फुटबल क्लबले जितेको छ ।

हेटौंडा–७ स्थित नागस्वतीमा भएको फाईनल खेलमा आयोजक जागरण फुटबल क्लबलाई टाईब्रेकरमा ४–३ गोल अन्तरले हराउँदै न्यु चिसापानीले उपाधि जितेको हो । त्यसअघि निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिनुपरेको थियो ।

विजेता बनेको न्यु चिसापानी फुटबल टिमले ४५ किलोको खसी, शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्यो भने उपविजेता आयोजक जागरण फुटबल टिमले ३५ किलोको खसी, शिल्ड, मेडल र प्रमाणपत्र हात पार्यो ।

त्यस्तै आदर्श फुटबल क्लब प्रतियोगिताको अनुशासित टिम बन्यो भने उत्कृष्ट खेलाडी न्यु चिसापानीका रोशन दोङ चुनिए । विजेता तथा उपविजेता टिमलाई हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले पुरस्कृत गरेका थिए ।

Post Comments