Province 3 प्रथम रत्नलाल मेमोरियल इन्टर स्कुल फुटसल हुँदै
गोलनेपाल

काठमाडौं । स्कुले खेलाडीहरुलाई पनि फुटसल खेलतर्फ आकर्षित गर्न प्रथम रत्नलाल मेमोरिया इन्टर स्कुल फुटसल प्रतियोगिता हुने भएको छ ।

यहि आउँदो मंसिर २० गतेदेखि शुरु हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

गोकर्णेश्वर फुटसल तथा फिटनेस क्लबको आयोजनामा हुन गईरहेको प्रतियोगिताको सबै खेलहरु आयोजक कै फुटसल एरिनामा हुनेछ । प्रतियोगिताको समापन भने मंसिर २४ गतेका दिन हुने आयोजकले जानकारी दियो ।

 

Post Comments