Province 3 गोल्डेन इमिनेन्ट बसन्तपुर र बिरगंजको जित
गोलनेपाल

खैरहनी । गोल्डेन इमिनेन्ट बसन्तपुर युनाइटेड, माडी र बिरगंज युनाइटेड, बिरगंज यहाँ जारी प्रथम खैरहनी गोल्डकप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

खैरहनी माविको खेलमैदानमा सम्पन्न पहिलो खेलमा बसन्तपुरले हेटौडा फुटबल एकेडेमीलाई टाईब्रेकरमा ५–३ ले हरायो । त्यसअघि निर्धारित समयको रोमाञ्चक खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए ।

निर्धारित समयतर्फ हेटौडा एफएका लागि सञ्जिव अर्याल र एन्जल महर्जनले गोल गरे भने बसन्तपुरका लागि सुमन महतो र अभिषेक महतोले गोल गरेका थिए । खेलमा बसन्तपुरका रन्जित क्षेत्री म्यान अफ द म्याच घोषित भए ।

दिनको दोस्रो खेलमा बिरगंज युनाइटेडले अभिषेक चर्च, रजहरलाई २–१ ले हरायो । बिरगंजका लागि राकेश चौधरी र विवेक चौधरीले गोल गरे । उता अभिषेक चर्चका लागि राज भुषालले गोल गरेका थिए । खेलमा बिरगंज युनाइटेडका विवेक चौधरी म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत असोज ७ गते शुक्रबारको खेल खैरहनी नगर फुटबल क्लब, चितवन र सिद्धबाबा फुटबल क्लब, अमलेखगञ्ज, बाराबीच हुने आयोजकले जानकारी दियो ।

विपन्न उत्थान मञ्च, खैरहनीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार पाउनेछ । फाइनल खेल यहि असोज १६ गतेका दिन हुनेछ ।

 

Post Comments