Province 3 माल्दिभ्सले मलेसिया र सिंगापुरसँग खेल्ने
गोलनेपाल

काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय मैत्रीपुर्ण फुटबल म्याचतर्फ पाकिस्तानसँग खेल्ने तयारी गरिरहँदा अर्को दक्षिण एसियाली राष्ट्र माल्दिभ्सले भने आफूभन्दा बलियो मलेसिया र सिंगापुरसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण म्याच खेल्ने भएको छ ।

माल्दिभ्स एफएका अनुसार दुवै खेल सिंगापुरमा हुनेछ । जलन बेसर स्टेडियममा हुने खेलतर्फ १४ डिसेम्बरका माल्दिभ्सले मलेसियासँग खेल्नेछ भने १७ डिसेम्मबरका दिन घरेलु टोली सिंगापुरसँग खेल्ने तय भएको छ ।

स्मरण रहोस, नेपालले पाकिस्तानसँग यहि कार्तिक ३० गतेका दिन अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्दैछ । साथै पाकिस्तानी फुटबल टोली आइतबार नेपाल आइपुग्ने बताइएको छ ।

खेल बेलुका ५ बजेदेखि दशरथ रंगशालामा हुनेछ । साथै दर्शकहरुका लागि टिकटदर सामान्यतर्फ ५ सय, भिआइपीतर्फ १ हजार तथा भिभिआइृपीतर्फ ५ हजार तोकिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

Post Comments