Province 3 नेक्सस संकटालाई १९औं सैनिक आवासिय महाविद्यालय रनिङ कपको उपाधि
गोलनेपाल

भक्तपुर । १९औं सैनिक आवासिय महाविद्यालय रनिङ कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि नेक्सस संकटा स्कुलले जितेको छ । बिहीबार भएको उपाधि भिडन्तमा नेक्सस संकटाले आयोजक सैनिक आवासियम महाविद्यालयलाई २–१ ले हराउँदै उपाधि उचाल्न सफल भएको हो ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक नेक्सस संकटाका निशान्त राना चुनिए भने उत्कृष्ट डिफेन्डर ल्याबोरेटरी स्कुलका बिष्णु चन्द घोषित भए । उत्कृष्ट मिडफिल्डर आयोजक सैनिकका अनुभव पुरी घोषित भए भने उत्कृष्ट फरवार्ड नेक्सस संकटाका कृष्ण आले चुनिए ।

त्यस्तै प्रतियोगिताको उदियमान खेलाडी आयोजक सैनिकका अनुभव कार्मी बन्दा फेयर प्ले पुरस्कार डिभाईन लाईट स्कुल, बनेपाले हात पार्यो ।

सैनिक आवासीय महाविद्यालय, भक्तपुरको आयोजनामा भएको प्रतियोगितामा कुल १३ विद्यालयका फुटबल टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments