Province 3 रजैया कपमा सक्षम र मङ्गोलियन क्वाटरफाइनलमा
बिक्रम बानियाँ क्षेत्री

केदारेश्वर युवा क्लव मनहरी गाउँपालिका–९ को आयोजनामा जारी रजैया कप फुटबल प्रतियोगितामा सक्षम युवा क्लव नेवारपानी र मङ्गोलियन यूथ क्लव क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

मंगलगबार भएको खेलमा जित निकाल्दै सक्षम र मंगोलियनले अन्तिम ८ मा स्थान पक्का गरेको हो । पहिलो खेलमा सक्षमले नमोबुद्ध क्लव बसामाडीलाई २–१ गोल अन्तरले हराएको हो । खेलमा सक्षमका विशाल लामा म्यान अफ द म्याच भए ।

आयोजक केदारेश्वर युवा क्लवलाई ए लाई ३–० गोल अन्तरले हराउँदै मंगोलियन यूथ क्लव क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

खेलको म्यान अफ द च्यान मंगोलियनका सन्त गुरुङ भए ।

Post Comments