Province 3 हेटौंडा भेट्रान्सलाई जर्सी सहयोग
बिक्रम बानियाँ क्षेत्री
बाराको जितपुरमा सञ्चालन भैरहेको प्रथम भेट्रान्स कप फुटबल प्रतियोगितामा सहभागी भएको हेटौंडा भेट्रान्सलाई जर्सी तथा फुटबल सहयोग भएको छ ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सिनियर म्यानेजर योग्यराज सापकोटा र मार्केटिङ मेनेजर केबल बानियाँले हेटौंडा भेट्रान्सलाई जर्सी तथा फुटबल सहयोग गरेका हुन् ।

पहिलो खेलमा हेटौंडा भेट्रान्सले वीरगञ्ज भेट्रान्सलाई ३–१ गोल अन्तरले हराउँदै सेमीफाइनल प्रवेश गरिसकेको छ ।
Post Comments