Province 4 म्याग्दीमा सातौं अर्थुङ्गे कप असोजमा हुने तय
गोलनेपाल

बेनी । अर्थुङ्गे युवा क्लब, बेनी–६, अर्थुङ्गे, म्याग्दीको आयोजनामा आगामी असोज १७ र १८ गतेका दिन सातौं अर्थुङ्गे कप फाईभ ए साईड फुटसल प्रतियोगिता हुने भएको छ ।

बेनी फुटसलमा हुने प्रतियोगितामा सहभागिताका लागि असोज १६ गतेसम्म टिमदर्ता खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ७००० तोकिएको छ भने धरौटी वापत १००० बुझाउनुपर्नेछ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको छ ।

स्पष्ट र विस्तृत यहाँ पनि हेर्नुहोसः

 

 

Post Comments