हुप्सेकोट, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) । हरितालिका तीजको पावन अवसरमा श्री सरस्वती संस्कृत तथा साधारण माध्यमिक विद्यालयको खेल मैदान, हुप्सेकोट–३, गिरुबारीमा पूर्वी नवलपरासीकै सबैभन्दा पुरानो तथा प्रतिष्ठित ऐतिहासिक ४०औँ युनाइटेड गोल्डकप २०८३ आगामी भदौ १९ गतेदेखि सञ्चालन हुने भएको छ।
युनाइटेड युवा क्लबको आयोजनामा हुने प्रतियोगिताको तयारी तीव्र रूपमा अघि बढिरहेको छ। क्लबका अध्यक्ष हरि थापाले प्रतियोगितालाई विगतका संस्करणभन्दा अझ भव्य, व्यवस्थित तथा प्रतिस्पर्धात्मक बनाउन सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका छन्। उनले स्थानीय फुटबल प्रतिभाको विकास, खेल संस्कृतिको प्रवर्द्धन तथा युवालाई खेलमार्फत सकारात्मक दिशामा अघि बढाउने उद्देश्यका साथ प्रतियोगिता निरन्तर आयोजना हुँदै आएको बताए।
प्रतियोगिताको विजेता टोलीले नगद रु. २ लाख ७१ हजार, आकर्षक ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद रु. १ लाख ५१ हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्नेछ।
त्यसैगरी सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई जनही रु. ८ हजार प्रदान गरिनेछ। साथै सेमिफाइनलसम्म स्थान बनाउन सफल प्रत्येक टोलीलाई नगद रु. २० हजार प्रदान गरिने आयोजकले जनाएको छ।
- गैंडाकोट च्याम्पियनसिप कपमा ८ टोली, रु. ५ लाख ५ हजार ५ सय ५५ पुरस्कार राशिको घोषणा
- प्रथम 'गैंडाकोट च्याम्पियनसिप कप २०८३ को तयारी सुरु
- गैँडाकोट खेलकुद सुधारको आवाज बुलन्द: सुदन पराजुलीको संयोजकत्वमा खेलप्रेमी युवाहरूको सामूहिक ध्यानाकर्षण
- शानदार जितसहित जनशक्ती दोस्रो जेनिथ कपको क्वाटरफाईनलमा
- गण्डकी प्रदेश पुलिसलाई प्रथम कावासोती गोल्डकपको उपाधि