Province 4 तीज कप सेभेन ए साईड फुटबल प्रतियोगिता हुने
उमेश पुन

पोखरा । घरेलु फुटबलमा व्यस्त रहेको पर्यटकीय शहर पोखरामा भाद्र ९ देखि १४ गतेसम्म तीज कप सेभेन ए साईड खुला फुटबल प्रतियोगिता हुने भएको छ ।

एवाईसी फेमिली, पोखराको आयोजनामा हुन गईरहेको प्रतियोगिताको आवश्यक तयारी पनि शुरु गरिएको आयोजकले जनाएको छ । साथै प्रतियोगितामा सहभागिताका लागि टिम दर्ता पनि खुला गरिएको छ । टिम दर्ता गर्न इच्छुक क्लबहरुले दर्ता शुल्क वापत ७ हजार बुझाउनु पर्ने आयोजकले जानकारी दियो ।

पोखरा–२९ भण्डारढिक स्थित लेखनाथ रंगशालामा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख २५ हजार हात पार्नेछ भने उपविजेताले ६५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ट्रफीसहित नगद ५ हजार प्राप्त गर्नेछ भने अन्य व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीहरुले ट्रफीसहित नगद ३ हजार प्राप्त गर्नेछन् । साथै प्रतियोगिताको फेयर प्ले टिमलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

 

Post Comments