Province 4 छैटौं नेपाल आइस अन्तर्राष्ट्रिय हेमजा गोल्डकप आमन्त्रित नकआउट फुटबल प्रतियोगिताबाट १० लाख नाफा
गोलनेपाल
हेमजा युनाइटेड पोखरा २५ हेमजाले असार ४ देखि ११ गतेसम्म हेमजाको गौरीशंकर खेलमैदानमा आयोजना भएको छैटौं संस्करणको प्रतियोगिताको आय व्यय शुक्रबार एक कार्यक्रम गरि सार्वजनिक छ ।

प्रतियोगिताबाट ५८ लाख ९८ हजार ७ सय ६९ आम्दानी र ४८ लाख २५ हजार ४१८ रुपैयाँ खर्च भएको आयोजकले जनाएको छ । प्रतियोगिताबाट १० लाख ७३ हजार ३ सय ५१ रुपैयाँ बचत भएको छ । कुल आठ टिमको सहभागिता रहेको प्रतियोगिताको उपाधि एभिनियर फुटबल क्लब डाउलाले जितेको थियो भने आयोजक हेमजा युनाइटेड उपबिजेता भएको थियो । प्रतियोगिताको विजेतालाई ६ लाख रुपैयाँ र उप बिजेतालई ३ लाख रूपयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा न. २५ का वडाअध्यक्ष मोतिलाल तिम्सिनाले फुटवल खेल गौरवको बिषय भएको बताउदै प्रतियोगिता सफल बनाएकोमा आयोजकलाई धन्यवाद दिए । उनले आगामी दिनमा पनि यस्तो कार्यक्रम आयोजना गर्नु पर्ने उल्लेख गर्दै वडाबाट सक्दो सहयोग गर्ने बताए । अर्थ संकलन उपसमिति संयोजक जगत थापाले प्रतियोगिता गर्न सजिलो नभएको उल्लेख गरे ।

साहारा क्लबका कोषाध्यक्ष नवराज अधिकारीले सम्मान गरेकोमा आयोजकलाई धन्यवाद दिदै सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । उक्त अवसरमा लियो क्लब अफ हेमजाका अध्यक्ष निराजन अधिकारीलाई हेमजा युनाइटेडका अध्यक्ष इन्द्रबहादुर कुँवरले सर्भिस जाकेट हस्तान्तरण गरेका थिए । सोही अवसरमा नवराज अधिकारी र सुनिल गायकलाई सम्मान गरिएको थियो । कार्यक्रममा खेल मैदान निर्माणको आय व्यय पनि सार्वजनिक गरियो ।

हेमजा युनाइटेडका अध्यक्ष इन्द्रबहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष राजेश त्रिपाठीले र सञ्चालन सचिव सुनिल गायकले गरेका थिए ।
Post Comments