Province 4 प्रतिष्ठित आहा! रारा पोखरा गोल्डकपको मिति तय
उमेश पुन

पोखरा । मोफसलमा रहेर फुटबलको माध्यमबाट आफ्नो विशिष्ठ पहिचान बनाउन सफल सहारा क्लब, पोखराको आयोजनामा हुने प्रतिष्ठित आहा! रारा पोखरा गोल्डकपको २२औं संस्करणको मिति तय भएको छ ।

‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पयर्टन शहरको रुपमा स्थापित गरौं’ भन्ने मूल नाराका साथ आउँदो पौष १२ देखि २३ गतेसम्म पोखरा रंगशालामा प्रतियोगिता आयोजना हुने आयोजकले जानकारी दियो ।

यसअघि आहा! रारा गोल्डकपका रुपमा आयोजना हुँदै आएको प्रतियोगिताको नाम यसपटक ‘आहा! रारा पोखरा गोल्डकप’ राखिएको छ । त्यस्तै विगतमा झै यसवर्ष पनि प्रतियोगिताको मुख्य प्रायोजन हिमश्री फुडस नै रहने पक्का भएको छ ।

स्मरण रहोस, प्रतियोगिताको आयोजक सहारा क्लबले प्रतियोगिता आयोजनाबाट संकलित रकम क्लब कै आयोजनामा स्थापित सहारा फुटबल एकेडेमीमा रहेका विपन्न प्रशिक्षार्थीहरुको दैनिकी खानपान, शिक्षा लगायत आधारभुत कुरामा खर्च हुँदै आएको छ । सहारा एकेडेमीबाटै उत्पादित अधिकांश खेलाडीहरु राष्ट्रियस्तरमा समेत स्थापित भईसकेका छन् ।

Post Comments