Province 4 अल स्टारलाई प्रथम लक्ष्मी कप यु–१५ फुटबल प्रतियोगिताको उपाधि
गोलनेपाल

लक्ष्मीबजार । लक्ष्मीबजार हर्ट क्लब, गोरखाको आयोजनामा सम्पन्न प्रथम लक्ष्मी कप यु–१५ सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधि अल स्टार क्लब, आँबुखैरेनीले जितेको छ ।

लक्ष्मीबजार, गोरखा स्थित स्थानीय खेलमैदानमा भएको उपाधि भिडन्तमा अल स्टारले हिमाली तमु युवा क्लब, गैरालाई शून्यका विरुद्ध २ गोलले हराउँदै उपाधि जितेको छ ।

विजेता बनेको अल स्टारले उपाधिसहित नगद ३० हजार हात पार्यो भने उपविजेता हिमाली तमु युवा क्लबले २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

त्यस्तै सेमिफाइनलमा पराजित दुई टोली आयोजक लक्ष्मीबजार हर्ट क्लब र दिपेन्द्र मेमोरियल स्पोर्टस एकेडेमीले सान्त्वना पुरस्कार वापत नगद ५–५ हजार प्राप्त गरे ।

 

Post Comments