Province 4 मैदान बाहिर सुमितलाई नयाँ जिम्मेवारी
उमेश पुन

काठमाडौं । घरेलु फुटबलको चर्चित मनाङ मस्र्याङ्दी क्लब र राष्ट्रिय फुटबल टोलीका युवा सदस्य सुमित श्रेष्ठले गृहनगर पोखरामा नयाँ जिम्मेवारी पाएका छन् ।

फुटबल मैदानमा आफूलाई उदाउँदा खेलाडीका रुपमा अभ्यस्त बनाईसकेका सुमितलाई थिंक स्मार्ट इन्टरनेशनल एजुकेशन, पोखराले आफ्नो ब्राण्ड एम्बेस्याडोरका रुपमा चयन गरेको छ ।

फुटसल खेलाडीका रुपमा पनि राम्रो परिचय बनाईसकेका सुमित हाल मनाङका लागि व्यवसायीक फुटबल खेलिरहेका छन् । साथै गत मार्चमा नेपाल मै सम्पन्न प्रधानमन्त्री थ्री नेशन्स कपमा नेपालका लागि खेल्दै उनले उपाधि समेत जितेका थिए । सो प्रतियोगितामा नेपालसँगै भुटान र लाओसले सहभागिता जनाएका थिए ।

Post Comments