तिलोत्तमा । चपरहट्टी फुटबल क्लब, तिलोत्तमा–१, रुपन्देहीको आयोजनामा वार्षिक रुपमा हुँदै आएको चपरहट्टी कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिताको तेस्रो संस्करण पनि शुरु भएको छ ।
तिलोत्तमा–१, चपरहट्टी स्थित आयोजक क्लब कै खेलमैदानमा भएको पहिलो दिन दुई खेलहरु सम्पन्न भए । जसमा दोभान एफसी र फिट एण्ड फाइन क्लबले विजयी शुरुवात गरे ।
पहिलो खेलमा दोभानले न्यु सिर्जना युथ क्लबलाई २–० ले हरायो भने दोस्रो खेलमा फिट एण्ड फाइनले बाँके एफसीलाई २–१ ले पराजित गर्यो ।
त्यसअघि प्रतियोगिताको उद्घाटन प्रमुख अतिथी तिलोत्तमा नगरपालिका वार्ड नम्बर १ का वार्ड अध्यक्ष पर्शुराम गिरीले गरेका थिए । सो अवसरमा आयोजक क्लबका अध्यक्ष राजकुमार रासकोटी लगायतको पनि उपस्थिति रहेको थियो ।
कुल ३० टोलीहरु सहभागि प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक साजन रासकोटीले जानकारी दिए ।