Province 6 सुर्खेतमा खुला पुरुष फुटबल प्रतियोगिता पौष २८ देखि
गोलनेपाल

लेकबेशी । आउँदै गरेको माघी पर्वको अवसर पारी दशरथपुर उसु क्वान, लेकबेकी नगरपालिका, सुर्खेतको आयोजनामा यहि पौष २८ गतेदेखि खुला पुरुष फुटबल प्रतियोगिता शुरु हुँदैछ ।

जीवनज्योति नमूना माविको खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि अन्तिम चरणमा रहेको आयोजकले जानकारी दियो । टिमदर्ता पनि पौष २८ गते बिहानसम्म खुला गरिएको आयोजक क्लबका कोषाध्यक्ष उमेश दर्लामी मगरले जानकारी दियो । साथै टिमदर्ता शुल्क ८,८५१ रुपैयाँ तोकिएको पनि उनले बताए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८० हजार हात पार्नेछ भने उपविजेताले ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष चन्द्र बहादुर राना मगरले बताए । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष राना मगरले जानकारी दिए ।

Post Comments