Province 7 कैलाली फुटबल संघका अध्यक्ष हतियार सहित पक्राउ
गोलनेपाल

कैलाली । कैलाली जिल्ला फुटबल संघका अध्यक्ष मोहित कुमार शाहलाई नेपाल प्रहरीले हतियारसहित पक्राउ गरेको छ । साथै हाल उनी प्रहरी हिरासतमा रहेको समेत बताइएको छ ।

गत साउन २५ गते राती गौरीगंगा नगरपालिका–९ स्थित शंकरपुरमा प्रहरीले चेकजाँच गर्दा शाहले प्रयोग गरेको बा १७ च १३१२ नम्बरको जीपबाट हतियारसहित पक्राउ परेका हुन् । प्रहरीले शाहसँगै अर्का एक जना ५३ बर्षिय खेमराज चौधरीलाई पनि पक्राउ गरेको छ ।

नेपाल प्रहरीका अनुसार पक्राउ परेकाहरुबाट एक थान बाह्रबोर, सोही बन्दुकको एक थान कार्टिज, एक थान प्वाइन्ट टुटु राइफल र सोही राइफलको १० गोली बरामद गरिएको छ । साथै प्रहरीले पक्राउ परेका दुवैलाई हातहतियार र खरखजाना मुद्दा दर्ता गरेर थप अनुसन्धान गर्ने बताइएको छ ।

 

Post Comments