Province 7 ब्वाईज युनियन ग्रुपलाई वार्ड कपको उपाधि
गोलनेपाल

लम्की । नवज्योति वार्ड अध्यक्ष कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि ब्वाईज युनियन ग्रुप लम्की एफसीले जितेको छ । फाइनलमा ब्वाईज युनियनले एनजेएफसीलाई टाईब्रेकरमा ५–४ ले हराउँदै उपाधि जित्न सफल भएको हो ।

विजेता बनेको ब्वाईज युनियनले उपाधिसहित ५०,५५५ रुपैयाँ हात पार्यो भने उपविजेता एनजेएफसीले २५ हजारमा चित्त बुझायो । नवज्योति फुटबल क्लबको आयोजनामा भएको प्रतियोगितामा कुल १२ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments