South Asia भारतलाई साफ यु–१९ च्याम्पियनसिपको उपाधि
गोलनेपाल

काठमाडौ. । संघर्षपुर्ण जितका साथ आइतबार सम्पन्न साफ यु–१९ च्याम्पियनसिपको उपाधि आयोजक भारतले नै जितेको छ । फाइनलमा बंगलादेशमाथि टाईब्रेकरमा कठिन जित निकाल्दै भारत च्याम्पियन बनेको हो ।

अरुणाचल प्रदेशको युपिया शहर स्थित गोल्डेन जुब्ली स्टेडियममा भएको खेलमा निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । खेलको दोस्रो मिनट मै सिंगामयुम शामीको गोलबाट भारतले खेलमा अग्रता बनाए तापनि दोस्रो हाफमा जोए अहमदले बंगलादेशका लागि बराबरी गोल फर्काएका थिए ।

निर्धारित समयको खेल रोमाञ्चक १–१ को बराबरीमा टुंगिएपछि टाईब्रेकरमा भारतले ४–३ ले नतिजा आफ्नो पक्षमा पार्दै उपाधि जित्न सफल भयो । विधागततर्फ पनि भारत कै वर्चश्व रह्यो । भारतका मोहम्मद अर्बास सर्वश्रेष्ठ खेलाडी बन्दा डेन्नी मितेई सर्वाधिक गोलकर्ता बने ।

भारत कै सुरज सिंह उत्कृष्ट गोलरक्षक बन्दा फेयर प्ले अवार्ड पनि भारतले नै हात पार्यो । स्मरण रहोस, सेमिफाइनलमा बंगलादेशले नेपाललाई हराएको थियो भने भारतले माल्दिभ्सलाई पराजित गर्दै फाइनल स्थान सुरक्षित गरेको थियो ।

Photo: Indian Football Team

Post Comments