South Asia
बंगलादेशसँगको हारले नेपालको सेमिफाइनल यात्रा अझै अनिश्चित
काठमाडौं । साफ यु–१७ च्याम्पियनसिपतर्फ नेपालले समूह चरणको आफ्नो दोस्रो तथा अन्तिम खेलमा फराकिलो हार बेहोर्दा सेमिफाइनल प्रवेशको सम्भावना पनि अनिश्चित बनेको छ ।
समूह ए मा रहेको नेपालले बिहीबार बंगलादेशससँग ४–० ले पराजित हुन पुग्यो । यो नतिजापछि २ खेलबाट ३ अंक जोडेको नेपाल समूह ए को दोस्रो स्थानमा छ भने एक खेल कम खेल्दै बंगलादेश समान ३ अंकका साथ शिर्ष स्थानमा छ ।
समूह ए तर्फको अन्तिम खेलमा अब सेप्टेम्बर २१ तारीखका दिन बंगलादेश र आयोजक श्रीलंका भिड्नेछन् । यो खेलको नतिजाबाटै नेपालको सेमिफाइनल प्रवेशको सम्भावनाबारे टुंगो लाग्नेछ । स्मरण रहोस, नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकालाई २–० ले हराएको थियो ।
Post Comments
Related News
- फिफा विश्वकप हेर्न क्यानडा पुगेका ५ नेपालीले मागे शरणार्थी दर्जा
- हिमालयनलाई हराउँदै एन पेनाङ विजयी, आशिष राईको उपचारका लागि आर्थिक सहयोग
- मलेसियन लिगमा निशा र हिराको गोल
- मैत्रीपूर्ण फुटबलमा एन पेनाङको शानदार जित
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट