South Asia
लगातार दोस्रो जितका साथ पाकिस्तान सेमिफाइनलमा
काठमाडौ. । उत्कृष्ट लयमा देखिएको पाकिस्तान जारी साफ यु–१७ च्याम्पियनसिपको आफ्नो समूहबाट सेमिफाइनलमा प्रवेश गरेको छ ।
समूह बी तर्फ आफ्नो पहिलो खेलमा भुटानलाई ४–० ले हराएको पाकिस्तानले शुक्रबार दोस्रो खेलमा माल्दिभ्समाथि ५–२ को प्रभावशाली जित निकालेको हो ।
यो जितपछि २ खेलबाट ६ अंक जोडेको पाकिस्तान समूह बी को शिर्ष स्थानमा छ । पाकिस्तानले अब समूह चरणको अन्तिम खेलमा २२ सेप्टेम्बरका दिन चिरप्रतिद्वन्द्वी भारतको सामना गर्नेछ ।
त्यस्तै एक खेलबाट ३ अंकका साथ दोस्रो स्थानमा रहेको भारतले शुक्रबार नै भुटानको सामना गर्दैछ । माल्दिभ्स र भुटान भने अझैं अंकविहीन छन् ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा