South Asia
माजियाको जितमा रेखाको ह्याट्रिक
काठमाडौं । माल्दिभ्सको शिर्ष फुटबल लिग खेलिरहेका नेपालका दुई चर्चित खेलाडीद्वय रेखा पौडेल र दिपा शाही सम्मिलित माजिया स्पोर्टसले लिगमा आफ्नो उत्कृष्ट जितको लयलाई कायम राखेको छ ।
उता डेब्यु खेलबाटै लगातार गोल गरीरहेकी रेखा पौडेलले पनि आफ्नो शानदार गोल स्कोरिङ लयलाई समेत कायम राखेकी छिन् । लिगतर्फ माजियाले न्यु रेडियन्टलाई ३–० ले हराउँदा माजियाका लागि तीन गोल रेखाको नाममा रह्यो ।
खेलमा ह्याट्रिक गरेकी रेखा प्लेयर अफ दि म्याच समेत बनिन् । साथै यो ह्याट्रिकसँगै लिगतामा रेखाको व्यक्तिगत गोलसंख्या पनि सर्वाधिक सात पुगेको छ ।
यो जितपछि ३ खेलबाट ७ अंक जोडेको माजिया लिगतालिकाको शिर्षता कै होडमा छ । माजियाले आफ्नो आगामी खेल २३ डिसेम्बरका दिन ओडी स्पोर्टससँग खेल्नेछ ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै