गैंडाकोट, नवलपुर। गैंडाकोट फुटबल क्लबको आयोजनामा प्रथम गैंडाकोट च्याम्पियनसिप कप २०८३ आयोजना हुने भएको छ। गण्डकी प्रदेश सरकार तथा गैंडाकोट नगरपालिका–नगर खेलकुद विकास समितिको प्रवर्द्धनमा सञ्चालन हुने प्रतियोगितामा नेपालका ८ प्रतिष्ठित टोली सहभागी हुने आयोजकले जनाएको छ।
प्रतियोगिता २०८३ साल पुस ५ देखि १२ गतेसम्म नवलपुरको क्षेत्रीय रङ्गशाला, गैंडाकोट–३, ४ र ८ मा सञ्चालन गर्ने तयारी गरिएको छ। प्रतियोगिताले गैंडाकोटलाई राष्ट्रिय फुटबलको नयाँ गन्तव्यका रूपमा स्थापित गर्नुका साथै स्थानीय प्रतिभालाई राष्ट्रिय स्तरको प्रतिस्पर्धात्मक अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
गैंडाकोट फुटबल क्लबका अध्यक्ष सुदन पराजुलीले प्रतियोगितालाई गैंडाकोटको खेलकुद इतिहासमा कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्दै देशका उत्कृष्ट टोलीबीच हुने प्रतिस्पर्धाले स्थानीय खेलाडीको क्षमता अभिवृद्धि, फुटबल संस्कृतिको विस्तार तथा खेल पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए।
प्रतियोगिताको विजेता टोलीले रु. ५ लाख ५ हजार ५ सय ५५ तथा उपविजेता टोलीले रु. २ लाख ५५ हजार ५ सय ५५ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन्।
"स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद" भन्ने मूल नाराका साथ आयोजना हुन लागेको प्रतियोगिताले गैंडाकोटको खेलकुद विकास, स्थानीय प्रतिभाको प्रोत्साहन तथा नेपाली फुटबलको समग्र उन्नयनमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास आयोजकले व्यक्त गरेको छ।
- प्रथम 'गैंडाकोट च्याम्पियनसिप कप २०८३ को तयारी सुरु
- गैँडाकोट खेलकुद सुधारको आवाज बुलन्द: सुदन पराजुलीको संयोजकत्वमा खेलप्रेमी युवाहरूको सामूहिक ध्यानाकर्षण
- शानदार जितसहित जनशक्ती दोस्रो जेनिथ कपको क्वाटरफाईनलमा
- गण्डकी प्रदेश पुलिसलाई प्रथम कावासोती गोल्डकपको उपाधि
- हनामी भरतपुर एफसी फाइनलमा, उपाधिका लागि गण्डकी पुलिससँग भिड्ने