South Asia साफ यु–२० च्याम्पियनसिपमा नेपालका दुई युवा रेफ्री
गोलनेपाल

काठमाडौं । अर्को महिना भारतमा हुन गईरहेको साफ यु–२० च्याम्पियनसिपमा नेपालका दुई युवा रेफ्रीद्वय प्रज्वल क्षेत्री र किशन यादवले निर्णायकको भूमिका निभाउने भएका छन् । क्षेत्री फिफा रेफ्री हुन् भने यादव फिफा सहायक रेफ्री हुन् । यी दुवै रेफ्रीले गत वर्ष मात्र फिफा रेफ्रीको मान्यता पाएका थिए ।

जुलाई २५ देखि अगस्त ५ तारीखसम्म भारतको भुवनेश्वरमा हुने साफ यु–२० च्याम्पियनसिपमा यी दुई रेफ्रीको टुंगो लागेको कुरा अखिल नेपाल फुटबल संघ (एन्फ) ले जानकारी गरायो । एन्फाका अनुसार दक्षिण एसियाली फुटबल फेडरेशन (साफ) ले एन्फालाई पत्राचार गरी सो कुराको जानकारी गराएको हो ।

प्रतियोगितामा आयोजक भारतसहित नेपाल, बंगलादेश, माल्दिभ्स र श्रीलंका रहेका छन् । सिंगल राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको लिग चरणमा शिर्ष दुई स्थान हासिल गर्ने टोली फाइनलमा प्रवेश गर्ने छन् । प्रतियोगिताका सबै खेलहरु कालिंगा स्टेडियममा हुने बताइएको छ । आयोजक भारत प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन समेत हो ।

Post Comments