News नेपाल र चीनको सगरमाथा आरोहीबीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न
गोलनेपाल

काठमाडौं । नेपाल र चीनबीचको कुटनितिक सम्बन्धको ७०औं वार्षिकोत्सव तथा अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसर पारी मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा नेपाल र चीनका सगरमाथा आरोहीबीच सम्पन्न मैत्रीपूर्ण खेलमा नेपाली फुटबल टोली ४–१ ले विजयी बनेको थियो ।

त्यसअघि खेलको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र चिनीयाँ राजदुत चेन सोङले एक कार्यक्रमका बीच संयुक्त रुपमा गरेका थिए ।

 

Post Comments