South Asia साफ महिला च्याम्पियनसिपः समूह बी मा नेपाल
गोलनेपाल

काठमाडौं । लगातार तेस्रोपटक आयोजकको जिम्मेवारी पाएको नेपाल यसै वर्ष अक्टुबर १७ देखि ३० तारीखसम्म हुने साफ महिला च्याम्पियनसिपको समुह बी मा परेको छ ।

शनिबार निकालिएको ड्र अनुसार नेपाल रहेको समूह बी मा श्रीलंका, माल्दिभस र भुटान रहेका छन् । नेपाल गत संस्करणको उपविजेता समेत हो । त्यस्तै समूह ए मा साविक विजेता भारतसँगै बंगलादेश र पाकिस्तान रहेका छन् ।

प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिता आयोजना स्थलबारे भने अझै टुंगो लागेको छैन । दशरथ रंगशालामा एएफसीले खेल्न अयोग्य रहेको बताएकाले पोखरा रंगशाला र बिराटनगरको शहिद रंगशाला पनि अर्को विकल्पका रुपमा रहेका छन् ।

Post Comments